दफा ३६
मूल ऐनको दफा ७७ मा संशोधनः

मूल ऐनको दफा ७७ को,–

(१)उपदफा (६) मा ठाउँ ठाउँमा रहेका “मुनाफा” भन्ने शब्दको सट्टा “लाभांश” भन्ने शब्द राखिएको छ ।

(२)उपदफा (६) पछि देहायको उपदफा (७) र (८) थपिएका छन्ः“(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि लेखापरीक्षकले आफ्नो लेखापरीक्षण प्रतिवेदनमा कुनै आर्थिक बेरुजुठहर गरी कैफियत सहितको राय (क्वालिफाइड ओपिनियन) दिएकोरहेछ भने त्यस्तो बेरुजु भएको रकम बराबरको रकम छुट्याए पछि मात्र बाँकी रकमबाट लाभांसको प्रस्ताव गर्नु पर्नेछ ।(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लेखापरीक्षकले कुनै कम्पनीका सम्बन्धमा लेखापरीक्षण परित्यागको प्रतिवेदन (डिस्क्लेमर रिपोर्ट)दिएको वा लामांश वितरण गर्न नहुने गरी कारण सहित आफ्नो राय र निष्कर्ष दिएको रहेछ भने त्यस्तोकम्पनीले लाभांश घोषणा गर्न सक्ने छैन ।”